समाज

नेपालगन्जको शिखर प्लाई उद्योगमा भिषण आगलागी

नेपालगन्ज-नेपालगन्जको औद्योगिक क्षेत्रमा रहेको शिखर प्लाई उद्योगमा भिषण आगलागी भएको छ। आइतबार बेलुका करिव ५ बजेतिर उद्योगमा आगलागी भएको हो। आगो निभाउन उपमहानगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका छन् । आगो अहिले नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकप्रसाद राईले बताए । ‘आगो नियन्त्रणको प्रयास भइरहेको छ, तरपनि नियन्त्रणमा आउन सकेको छैन,’ राईले नागरिकसँग भने।

आगलागीको कारण खुल्न नसकेपछि विद्युत सर्ट भएर लागेको हुन सक्ने प्रहरीको अनुमान छ। नेपालगन्ज उपमहानगरपालिकासँग एउटा मात्र दमकल चालु अवस्थामा रहेका कारण आगो निभाउन कठिन भइरहेको एसपी राईले बताए। ‘आगो निभाउन बर्दियाबाट दमकल आउँदैछ,’ उनले भने । अहिले सम्म क्षतिको विवरण प्राप्त नभएपनि करोडौंको नोक्सानी पुगिसकेको प्रहरीले अनुमान गरेको छ।

 

 

 

 

प्रकाशित: २९ फाल्गुन २०७३ १२:५९ आइतबार

नेपालगन्जको शिखर प्लाई उद्योगमा भिषण आगलागी