समाज

राजधानीमा होलीको उल्लास (फोटो फिचर)

काठमाडौं- रंगको चाड होली राजधानीमा उल्लासपूर्वक मनाइएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न चोक तथा सडकमा एकत्रित भएर प्रेम र सद्भावको शुभकामना साटासाट गरेका छन्।

बसन्तपुर क्षेत्रमा ठूलो संख्यामा होली खेल्नेहरुको भिड देखियो। युवा रंगले सजिएर एक आपसमा खुशी साटेका छन्। होलीको अवसरमा विभिन्न स्थानमा सांगीतिक कार्यक्रम पनि आयोजना भएका छन्। नागरिकन्युजकर्मी प्रबीन कोइरालाले होलीमा खिचेका तस्विर हेर्नुहोस्:

राजधानीमा होलीको उल्लास फोटो फिचर