समाज

गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना निर्माण गरिने

शङ्खरापुर नगरपालिका वडा नं ४ जहरसिंह पौवास्थित गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना तयार पारी नयाँस्वरूप दिइने भएको छ।

गुरुयोजना तयार भएपछि उद्यानलाई नयाँस्वरूप दिन छ करोड रुपैयाँ बजेटमा बोलपत्र आह्वान गरिएको उद्यान निर्माण समितिका अध्यक्ष शंकर तिवारीले बताए।

शङ्खरापुर नगरपालिका वडा नं ४ जहरसिंह पौवास्थित गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना तयार पारी नयाँस्वरूप दिइने भएको छ।

बागमती प्रदेश सरकारले उद्यान निर्माणका लागि बहुवर्षीय ठेक्का लगाएको छ। उद्यानलाई नयाँस्वरूप दिन बागमती प्रदेश सरकारका पूर्वसंस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले सहयोग गरेको जनाइएको छ।

उद्यान निर्माणस्थलको पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र संविधानसभा सदस्य दीपकप्रसाद कुइकेल, बागमती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँ, नगर प्रमुख रमेश नापित, पूर्वनगर प्रमुख सुवर्ण श्रेष्ठ लगायत जनप्रतिनिधिले अवलोकन गरी सहयोग गर्ने वचन दिएको उक्त समितिले जनाएको छ।

प्रकाशित: ७ जेष्ठ २०८० ०६:३६ आइतबार

गणेशमान सिंह स्मृति उद्यान गुरुयोजना निर्माण