समाज

इनारमा खसेर एक महिला घाइते

भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं–६ पुरानो ठिमी सुप्रिम स्कुल नजिक मिलन प्रजापतिको घर कम्पाउण्डमा बनेको इनारमा एक जना महिला खसेकी छन्। 

दोलखा गौरीशंकर गा.पा.–३ घर भई हाल ठिमीकै दुई पोखरी बस्ने वर्ष ३२ की गीतादेवी बस्नेत इनारमा खसेकी हुन्।

भक्तपुर प्रहरी परिसरले जनाए अनुसार उक्त महिला सोही घरमा माटोको गमला बनाउने काम गर्ने गर्थिन्। दुर्घटना पछि उनलाई नाइलनको डोरीको सहायताले इनारबाट सकुशल उद्धार गरिएको परिसरका एसपी प्रजित केसीले जनाए। उनलाई उपचारको लागी मध्येपुर अस्पताल पठाइएको छ।  

हाल उनी हल्का बोल्न सक्ने, दाहीने हातको कान्छी औँला छिनेको, दुवै गालामा धस्रेको, निधारमा काटेको चोट लागेको अवस्थामा रहेको जनाइएको छ।

उनको उपचारमा निजको श्रीमान् टिका बस्नेत र घर धनी संलग्न रहेको जनाइएको छ। घटना साँझ पाँच बजेको समयमा भएको थियो। जानकारी प्राप्त हुनासाथ परिसरबाट प्र.ना.उ रबिन श्रेष्ठ समेत १५ जनाको प्रहरी टोली खटिई गई निज महिलालाई उद्धार गरिएको थियो।

प्रकाशित: ६ जेष्ठ २०८० १४:०६ शनिबार