समाज

जगन्नाथ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष ऐन गिरीको मृत्यु

जगन्नाथ गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष ऐना गिरीको मृत्यु भएको छ। मस्तिष्कघातका कारण गिरीको ५५ वर्षको उमेरमा मृत्यु भएको हो। एकाएक मस्तिष्कघात भएपछि आफन्तले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुर्याएका थिए।  

कोल्टीमा सिटि स्क्यानको सुविधा नभएपछि गिरीलाई रिफर गरिएको थियो। नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेकी गिरीको रिफर गरिएको केही घण्टामै गिरीको डोटीको साझघाटमा मृत्यु भएको आफन्तले बताएका छन्। गिरीलाई प्राथमिक स्वास्थ्य केन्द्र पुर्यादा  विहोस अवस्थामा थिइन्। कोल्टीमा विमान नआएपछि सडक मार्गबाट गिरीको धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।

बाजुरामै उपचार गर्न सक्ने अवस्था नरहेपछि रिफर गरिएको हो, अवस्था निकै जटिल भएपछि मात्रै हाम्रो सम्पर्कमा आएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले बताएको छ। कोल्टीमा हाल एक जना एमडी, एक जना स्त्रीरोग विषशेज्ञ र २ जना मेडिकल अधिकृत छन्।

सिटी स्क्यान नगरी कुनै उपचार गर्न नमिल्ने र हाम्रो तर्फबाट गर्न नसकिने अवस्था भएकोले तत्काल रिफर गरेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा कार्यरत डाक्टर प्रतिक न्यौपानेले बताएका छन्। कोल्टी विमान स्थलमा चारदिन यता कुनै विमान आएका छैनन्।

थप आम्दानी हुने भएपछि सबै विमान कम्पनी पूर्वतिर नै चलिरहेको बुझिएको छ। समिट एयरको विमान आउनु पर्ने हो, त्यो पनि आएन्, नआउनुको कारण थाह नभएपनि चार दिन यता कुनै विमानले कोल्टीमा उडान नभरहेको विमान स्थल प्रमुख श्रीकृष्ण रिजालले बताएका छन्। फाइदा हेरेर मात्रै उडाउने गरेको आरोप स्थानीयको छ।

कोल्टी क्षेत्रका स्थानीयका लागि आपतकालिन विकल्प हवाई सेवा मात्रै हो। तयही हवाई सेवा नियमित नभएपछि सर्वसाधारणले अकालमै ज्यान गुमाउनु परेको स्थानीय समेत रहेको नेकपा एमाले नेता जनक कुमार विष्टले बताएका छन्। हवाइ सेवा नियमित नभएकै कारण कोल्टीमा तीन दिनको अवधीमा दुई जनाले ज्यान गुमाउनु परेको छ। 

२०७४ सालको स्थानीय चुनावमा उपाध्यक्ष जितेकी गिरी लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय छन्। गिरीको निधन प्रति नेकपा एमालेले दुख व्यक्त गरेको छ। शोक वक्तव्य जारी गर्दै एमाले सचिव भरत थापाले एक अभिभावक गुमाएको उल्लेख गरेका छन्।

पार्टीको इमान्दार नेता र अभिभावक गुमाउँदा सिंगो पार्टी जीवनलाई अतुलनिय क्षति पुगेको शोक वक्तव्यमा लेखिएको छ। अल्पआयुमै आकस्मीक मृत्युको खबरले स्तब्ध बनेका आफन्त र पार्टी नेता कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गरेको छ। गिरीका श्रीमान र २ छोरा छन्।  

प्रकाशित: ६ जेष्ठ २०८० ११:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App