समाज

कक्षा १२ को परिक्षा दिन आएकी नक्कली परिक्षार्थी पक्राउ

कक्षा १२ को परिक्षा दिन गएका एक जना नक्कली परिक्षार्थी पक्राउ गरेका छन्। परिक्षा दिई रहेको अवस्थामा केन्द्राअध्यक्षले  चेकजाँच गर्दा केन्द्राअध्यक्षले एक जना नक्कली परिक्षार्थी भेटिएकी हुन्।    

दैलेखको गुराँस गाउँपालिका –२ स्थित शान्ती माध्यमिक विद्यालय सेरीमा संचालन भईरहेको कक्षा १२ को परिक्षामा दुल्लु नगर पालिका –१३ बस्ने बर्ष १९ की सगिता शाहीको ऐच्छिक नेपाली बिषयको परीक्षा दुल्लु नगर पालिका –१३ बस्ने बर्ष १६ की कल्पना वलीले परिक्षा दिईरहेको अबस्थामा चेकजाँच गर्ने क्रममा फेला पारी उक्त परीक्षा केन्द्रका केन्द्राअध्यक्षले दुबै जनालाई आवश्यक  कारबार्हीको लागि उक्त केन्द्रमा परिक्षा सुरक्षार्थ खटिएका प्रहरीलाई बुझाएको हो। उनीहरु अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका दैलेख प्रहरी प्रमुख किशोर लम्सालले बताए।

प्रकाशित: ६ जेष्ठ २०८० ०६:४८ शनिबार

नक्कली परिक्षार्थी पक्राउ कक्षा १२ को परिक्षा दिन गएका एक जना नक्कली परिक्षार्थी पक्राउ