समाज

सगरमाथा आरोहणको क्रममा १ चाइनीज आरोहीको मृत्यु

फाइल तस्बिर

सगरमाथा आरोहणको क्रममा १ चाइनीज आरोहीको मृत्यु भएको छ। एटके एक्सपिसिडीसन एजेन्सीबाट सगरमाथा आरोहणमा गएका  १ चाइनीज आरोहीको मृत्यु भएको म्यानेजर लाक्पा शेर्पाले बताए।

शेर्पाका अनुसार उनको ८ हजार मिटर माथी साउथ समिट क्षेत्रमा मृत्यु भएको हो। सञ्चार अवरोधका कारण कस्को र के भएर मृत्यु भएको हो भन्ने एकिन हुन नसकेको शेर्पाले बताए।  

उनले भने,'आरोहण समूहसँग जानकारीका लागी लगातार सम्पर्क गरिरहेका छौं। सम्पर्क हुन सकेको छैन्।,' उक्त समूहमा १५ जना चाइनीज आरोहीहरु रहेको उनले बताए।

प्रकाशित: ४ जेष्ठ २०८० ११:०८ बिहीबार

सगरमाथा आरोहण चाइनीज आरोहीको मृत्यु