समाज

९९ किलो चरेससहित २ भारतीय पक्राउ

काठमाडौं– अवैध रुपमा ल्याइँदै गरिएको करिब ९९ किलोग्राम चरेससहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । 

चितवनको कबिलास–१ जुगेडी बजारमा धादिङबाट नारायणघाटतर्फ आउँदै गरेको जेएच ०४ बी ०४४५ नम्बरको भारतीय नम्बर प्लेटको टाटा सुमोभित्र विभिन्न स्थानमा फल्स बटन बनाई लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको केन्द्रीय समाचारकक्ष नक्सालले जनाएको छ। 

चालक भारत जिल्ला बेतिया कठिया मटिया–७ बस्ने २७ वर्षीय सुधन साह र गाडीमा सवार भारत जिल्ला मोतिहारी थाना रक्सौल–६ कोहिरिया टोल बस्ने २४ वर्षीय आदित्यकुमार सिंहलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। 

प्रकाशित: २३ फाल्गुन २०७३ ०६:०३ सोमबार

९९ किलो चरेससहित भारतीय पक्राउ