समाज

जिपको ठक्करबाट बालकको मृत्यु

मकवानपुरको हेटौडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ।

हेटौडा उपमहानगरपालिका-११ सिमलटारबाट हेटौडातर्फ आइरहेको बागमती प्रदेश०३-००१च १५९७ नं को जिपले ठक्कर दिंदा सिमलटारका दुई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौडा अस्पतालमा मृत्यु भएको हो। प्रहरीले जिप  चालकलाई पक्राउ गरेको छ।

प्रकाशित: ३ जेष्ठ २०८० ०६:१० बुधबार

मकवानपुरको हेटौडा जिपको ठक्करबाट आज एक बालकको मृत्यु