समाज

निषेधित क्षेत्रको बालुवा बोकेको ट्रयाक्टर छोडियो

लहान- सिरहाको चन्द्रोदयपुर–६ स्थित ‘चुरे संरक्षित क्षेत्र’बाट उत्खन्न गरिएको बालुवा बोकेको ६ वटा ट्रयाक्टर नियन्त्रणमा लिएर प्रहरीले मिलेमतोमा छोडेको खुलेको छ।

संरक्षित चुरेक्षेत्र चन्द्रोदयपुर ७ बाट उत्खन्न गरिएको बालुवा बोकेको ट्रयाक्टरलाई  ईलाका प्रहरी कार्यालय गोलबजारले मिलेमतोमा बिना कारबाही छाडेको हो । गोलबजार प्रहरीले निषेधित क्षेत्रबाट स १ त ४१३२, स १ त ४४१९, स १ त १०९६, स १ त ३८४४, स १ त ३७६९ र स १ त ४८८५ नम्बरको बालुवा बोकेको ट्रयाक्टर फागुन १६ गते नियन्त्रणमा लिएर भोलिपल्ट बिना कारबाही छाडिदिएको हो।

सरकारले चन्द्रोदयपुर ७ लाई चुरे संरक्षित क्षेत्र घोषणा गरेको छ। जस अनुसार यस क्षेत्रबाट ढुँगा, गिट्टी, वालुवा लगायतका पदार्थ उत्खन्न र निकासी प्रतिबन्धित छ।

ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायका अनुसार संरक्षित क्षेत्रबाट उत्खन्न गरिएको बालुवा निकासी गरेको शंकामा ६ वटा ट्रयाक्टर नियन्त्रणमा लिएर भोलिपल्ट (फागुन १७) गत्ते छाडिदियौं। उनले भने,‘चन्द्रोदयपुर ७ चुरे संरक्षित क्षेत्र होईन भनेर नियन्त्रणमा लिएका ट्रयाक्टर छाडिदियौं।’

ट्रयाक्टर आवश्यक अनुसन्धानका लागि वन कार्यालयमा बुझाउनुपर्ने थियो प्रहरी निरीक्षक उपाध्यायले भने,‘वनलाई नबुझाउनुपथ्र्यो तर प्रहरी कार्यालयबाटै छाडिदियौं ।’ जिल्ला वन अधिकृत शिलानाथ झा भन्छन्,‘संरक्षित क्षेत्रको बालुवा, ढुँगा, गिट्टी वन पैदावार हो र यसमा वनले कारबाही गर्छ, प्रहरीले होईन।’

                शुक्रावार जिल्ला वन उपभोक्ता महासँघ र चुरेक्षेत्र जलाधार संरक्षण समितले जिल्ला वन अधिकृत शिलानाथ झालाई ज्ञापन पत्र बुझाउँदै सँरक्षित चुरे क्षेत्रमा जारी रहेको वन पैदावार उत्खन्न र निकासीकार्य रोक्न सक्रिय पहल नभए सशक्त आन्दोलनमा उत्रीने चेतावनी दिएका छन्।

                ज्ञापन पत्र बुझ्दै जिल्ला वन अधिकृत झाले भने,‘संरक्षित क्षेत्रमा भैरहेको दोहन नियन्त्रणमा सहयोगका लागि प्रहरी प्रसाशन गुहार्दा समेत अवश्यक सहयोग नपाएको गुनासो पोखे।’ उनले भने,‘प्रहरीले चाहेमा सँरक्षित क्षेत्रमा दोहन पूर्ण रुपमा नियन्त्रण हुन्छ तर यसो हुन सकेको छैन्।’

               

प्रकाशित: २१ फाल्गुन २०७३ १०:०० शनिबार

निषेधित क्षेत्रको बालुवा बोकेको ट्रयाक्टर छोडियो