समाज

१० हजार डलर सहित पक्राउ

मकवानपुर-  १० हजार अमेरिकी डलर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बीरगंज उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय सर्वादा नन्दन जैसावालको साथबाट अमेरिकी डलर १ सय दरका १ सय थान गरी १० हजार अमेरिकी डलर बरामद गरेको हो।

हेटौंडा उपमहानगरपालिका–१७ रातोमाटेस्थित चेकपोइन्टमा सवारी साधन चेकजाँच गर्नेक्रममा बनेपाबाट वीरगंजतर्फ जाँदै गरेको ना.६ ख ९०९९ नम्बरको बसमा उक्त अवैध डलर सहित सवार जैसवाललाई प्रहरीले पक्राउ गरेको हो।

               

प्रकाशित: २० फाल्गुन २०७३ १३:०२ शुक्रबार

१० डलर सहित पक्राउ