समाज

भोजपुरमा आगलागी, ५ घर जलेर ध्वस्त

एक्सन राई

भोजपुर– भोजपुर नगरपालिका २ डाडाँखर्कमा भिषण आगलागी हुँदा पाँच घर ध्वस्त भएको छ। दिउँसो १ बजेदेखि भएको आगलागीमा पाँच घर पूर्ण रुपमा ध्वस्त भएको हो।

स्थानीय कुमार श्रेष्ठको घरबाट शुरु भएको आगलागीले छिमेकी ४ घर समेत जलेको छ । आगलागीमा कुमार श्रेष्ठ, खकुमार श्रेष्ठ, जितकुमार श्रेष्ठ, पर्शुराम श्रेष्ठ र मकर श्रेष्ठको घर जलेको हो। आगलागीमा अन्नपात लक्ता कपडा, नगद तथा गरगहना जलेको आगलागि पीडित कुमार श्रेष्ठले बताए। 

सपरिवार खेतमा काम गर्न गएको बेला अचानाक आगलागि भएको खवर पाएको कुमार श्रेष्ठले बताए । स्थानीयबासी, सुरक्षाकर्मीको सहयोगमा करिब ३ घण्टा पछि आगो नियन्त्रणमा लिइएको थियो।

आगलागिपछि पीडित परिवारको विचल्ली भएको छ। अध्याधिक हावाहुरी चलिरहेको बेला आगलागी भएको कारण धेरै घर जल्न पुगेको हो । आगलागिको क्षतिको विवरण पुर्ण रुपमा आइनसकेको प्रहरीले जनाएको छ। 

 

प्रकाशित: २० फाल्गुन २०७३ ११:३५ शुक्रबार

भोजपुरमा आगलागी घर जलेर ध्वस्त