समाज

चितवनमा गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोकियो, ४ जना घाइते

गर्भवती श्रृजना गौतमको अवस्था गम्भिर

चितवनमा रोकिराखेको ट्रकमा बिरामी बोकेको एम्बुलेन्स ठोकिँदा चार जना घाईते भएका छन्। नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तरगर्त भरतपुर महानगरपालिका १ रामनगरमा सडक छेऊमा रोकिराखेको ना ७ ख ६४ नम्बरको ट्रकमा गर्भवती बाेकेर गोरखाबाट भरतपुर आएको एम्बुलेन्स ठोकिँदा गएराति चार जना घाइते भएका हुन्।

घाइते मध्ये एम्बुलेन्स चालक गोरखाको सुलिकोट गाउँपालिका ६का एक बहादुर सुनार र गर्भवती श्रृजना गौतमको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। गर्भवती श्रृजना गौतम डेलिभरीकाे लागि चितवन जाँदै थिइन्।

गौतमको अनुहार र खुट्टामा गम्भिर चोट लागेको छ। उनका श्रीमान गोरखा नगरपालिका ६का सुदिप गौतम मध्यम र मिना कोइराला सामान्य घाईते भएका छन्। उनीहरुको उपचार चितवन मेडिकल कलेजमा भइरहेको प्रहरीले जानकारी दिएको छ। ट्रक चालक हेटौँडा उपमहानगरपालिका १९का सुरज श्रेष्ठ प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: २ जेष्ठ २०८० ०४:५८ मंगलबार

चितवनमा गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोकियो