समाज

टिम्बर कर्पाेरेशनकाे महाप्रबन्धकमा राजु लाैडारी नियुक्त

काठमाडौँ– सरकारले दि टिम्बर कर्पोरेसन अफ नेपालका महाप्रबन्धकमा राजु लौडारीलाई नियुक्त गरेको छ । 

मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्यविधिअनुसार खुला प्रतिस्पर्धाबाट छनोट हुनुभएका लौडारीलाई यही फागुन १७ गतेको मन्त्रिपरिषद्को बैठकले महाप्रबन्धकमा नियुक्त गरेको हो ।

जलवायु परिवर्तन, वातावरण, नवीकरणीय ऊर्जा क्षेत्रमा लामो व्यवस्थापकीय अनुभव सँगाल्नुभएका उहाँलाई तीन वर्षका लागि नियुक्त गरिएको हो । रासस 

प्रकाशित: १९ फाल्गुन २०७३ १४:१८ बिहीबार

टिम्बर कर्पाेरेशनकाे महाप्रबन्धकमा राजु लाैडारी