समाज

उद्धार गरिएका पुष्पा र अञ्जलीलाई प्रकृतिमा छाडियो

फाइल तस्वीर

चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैंडाका बच्चा (केटो)लाई प्रकृतिमा छाडिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैंडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो।

निकुञ्जका पशु चिकित्सक डा.विजय श्रेष्ठका अनुसार डार्ट नगरिकनै ट्रकमा राखेर ती दुई गैंडालाई तामिताल पुर्‍याएर छाडिएको छ। निकुञ्जमा आमाबाट छुटेको अवस्थामा भेटिएका पुष्पा र अञ्जली नामका ती दुई बच्चालाई निकुञ्जकै नवलपरासी क्षेत्रबाट उद्धार गरी ल्याइएको थियो।

चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैंडाका बच्चा (केटो)लाई प्रकृतिमा छाडिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैंडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो।

श्रेष्ठका अनुसार पुष्पालाई सन् २०२० को जनवरीमा नवलपरासीको तमासपुर र अञ्जलीलाई २०२१ को अप्रिलमा नवलपरासीकै कुजौलीबाट उद्धार गरिएको थियो। एकदुई महिनाको उमेरमा आमाबाट छुटेका उनीहरूलाई हुर्काएपछि प्राकृतिक रूपमा छाडिएको उनले बताए।

पुष्पा र अञ्जलीलाई यतिबेला प्राकृतिक रूपमा घाँस खोजेर खानसक्ने भएका छन्। उद्धार गरी हुर्काइएका कतिपय जंगली जनावर मित्र राष्ट्रलाई दिने, कतिपयलाई चिडियाघरमा त कतिपयलाई प्राकृतिमा राख्ने गरिंदै आएको छ।

प्रकाशित: ३१ वैशाख २०८० ०६:२० आइतबार

चितवन राष्ट्रिय निकुञ्ज दुई गैंडाका बच्चा (केटो)लाई प्रकृतिमा छाडिए