समाज

उपन्यायाधिवक्ता घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका उपन्यायाधिवक्ता प्रकाश घिमिरेविरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ। घिमिरेलाई फागुन १ गते २० हजार रुपैयाँ घुस रकम लिँदै गर्दा काठमाडौं–३५, सुविधामार्गबाट अख्तियार टोलीले नियन्त्रणमा लिएको थियो। उनले फरार रहेको अवस्थामा ज्यान मुद्दाका प्रतिवादीमार्फत मृतकको साथबाट प्राप्त गरेको आइफोन खरिदमा संलग्न रूपेश श्रेष्ठको मुद्दा फितलो बनाई अदालतमा पेस गर्ने प्रयोजनका निम्ति प्रतिवादीका आफन्तसँग घुस मागेका थिए।

अख्तियारले अनुसन्धानबाट घिमिरेले भ्रष्टाचार गरेको पुष्टि गर्दै बिगोबमोजिम जरिवाना र कैद सजाय माग दाबीसहित आरोपपत्र दायर गरेको विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०७३ ०५:१० सोमबार

उपन्यायाधिवक्ता घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा