समाज

‘१० नेता र ५५ व्यापारीले मुलुक टाट पल्टाए

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशको वर्तमान आर्थिक तथा सामाजिक समस्याको मूल कारण १० जना नेता, बिचौलिया र ५५ जना व्यापारी रहेको दाबी गरेका छन्। काठमाडौको पेरिसडाँडास्थित आफ्नै निवासमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसाईंले उनीहरूकै कारण मुलुक टाट पल्टिने अवस्थामा पुगेको दाबी गरे।

‘आर्थिक तथा सामाजिक समस्याको मूल जरो भ्रष्टाचार हो। यो समस्याको मूल कारण मुलुकका १० जना नेता, नेताहरूलाई चलाउने केही बिचौलिया र ५५ जना व्यापारीहरू हुन्,’ प्रसाईंले भने, ‘ती व्यक्तिहरूले नेपाललाई टाट पल्टाएर नेपालबाट विभिन्न कम्पनीमार्फत पैसा हङकङ हुँदै सिंगापुर, दुबई, अमेरिका र युरोप लगेका छन्।’ प्रसाईंले ती नेता तथा व्यापारी को हुन् भन्ने विषय भने सार्वजनिक गरेनन्। उनले समय आएपछि सार्वजनिक गरिने दाबी गरे।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशको वर्तमान आर्थिक तथा सामाजिक समस्याको मूल कारण १० जना नेता, बिचौलिया र ५५ जना व्यापारी रहेको दाबी गरेका छन्।

‘ती आफैं अहिले जनताको बीचमा वदनामित भइसकेका छन्, यत्ति बुझ्नुस्। समय आएपछि नाम पनि भन्छु। आजै भने पछि के भन्ने?,’ प्रसाईंले भने। यद्यपि ती नेता तथा व्यापारीले नेपालबाट पैसा बाहिर पठाएको दस्ताबेज आफूसँग रहेको प्रसाईंले बताए। जसको प्रमाण भन्दै उनले पत्रकार सम्मेलनमा दुईवटा ठूला फाइल देखाएका थिए।

आकारको हिसाबले हेर्दा एउटै फाइल झण्डै एक हजार पृष्ठको थियो। प्रसाईंले एउटै फाइल १६ सय पृष्ठभन्दा बढी रहेको पत्रकार सम्मेलनमा बताएका थिए। पत्रकारलाई देखाइए पनि ती फाइलहरूको प्रतिलिपि भने उपलब्ध गराइएन्। दुवै फाइलमा भएका दस्ताबेजमा नेपालबाट ३२ खर्ब रूपैयाँ कसरी बाहिर पठाइएको छ भन्ने तथ्य रहेको प्रसाईंको दाबी थियो।

उक्त रकम व्यापारीका हातमा नेपालको बैंकिङ क्षेत्र दिएका कारण बाहिर्‍याउन सम्भव भएको दाबी गर्दै उनले भने, ‘व्यापारीका हातमा बैंक दिएका छन्। ती बैंकहरू नाजायजलाई जायज बनाउन जे पनि गर्नसक्छ। रेमिट्यान्स कम्पनी पनि तीनै व्यापारीका छन्। जसले यसरी अवैध रकम पनि बैध ढंगले पलायन गराउन सम्भव बनाएका छन्।’

आकारको हिसाबले हेर्दा एउटै फाइल झण्डै एक हजार पृष्ठको थियो। प्रसाईंले एउटै फाइल १६ सय पृष्ठभन्दा बढी रहेको पत्रकार सम्मेलनमा बताएका थिए।

यसरी नेपालबाट भ्रष्टाचारको रकम बाहिर पठाउन नेपालमा कम्पनी खोल्ने र ती कम्पनी पैसा पठाइसकेपछि ६/६ महिनामा बन्द गर्ने क्रम चलिहरेको प्रसाईंले दाबी गरे। ‘यस्ता काम गर्न नेपाली नै चिनियाँ बनाइएका छन्,’ प्रसाईले भने, ‘दुबईमा ग्यालेक्सी कम्पनीका नाममा ३ जना नेपाली चिनियाँ पासपोर्टमा बसिरहेका छन्। त्यहीँ ग्यालेक्सीका नेपालस्थित सिस्टर कम्पनीहरूमार्फत नेपालको भ्रष्टाचारको धन पलायन हुन्छ।’ 

प्रकाशित: ३१ वैशाख २०८० ०१:४४ आइतबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं देशको वर्तमान आर्थिक तथा सामाजिक समस्या