समाज

सैनिक अस्पताल सर्वसाधारणलाई खुला

काठमाडौं (नागरिक)–  सेनाले संचालन गरेका अस्पताल सर्वसाधारणका लागि आईतबारबाट विधिवत रुपमा खुला गरिएको छ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सार्वजनिक विदाको दिन बाहेक दैनिक साढे तीन देखि पाँच बजेसम्म छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा सर्वसाधारणका लागि ओपिडी सेवा खुला गरिएको हो। 

यस्तै रौतहट जिल्लाको गौरमा नेपाली सेनाको मोवाईल अस्पताल प्रयोग गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको निर्देशनालयले जनाएको छ।

प्रकाशित: १५ फाल्गुन २०७३ १४:२४ आइतबार

सैनिक अस्पताल सर्वसाधारणलाई खुला