समाज

सेनाले निस्क्रिय पार्‍यो सुतली बम

गौर (रौतहट)—नेपाली सेनाले पेट्रोल पम्पमा राखिएको सुतली बम आज बिहान ९.३० बजे निष्क्रिय गरेको छ। 

सरमुज्वा गाविस– ८ बङ्कुल बजारस्थित रहेको ओम आयल ट्रेड कन्सर्नमा गए राति अज्ञात व्यक्तिले राखेको सुतली बम स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अमर दल गुल्म पुरेनवाबाट आएको सेनाको टोलीले बम निष्क्रिय गरेको प्रहरी चौकी बङ्कुलका प्रहरी सहायक निरीक्षक रामेश्वर ठाकुरले बताए। 

बम किन कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको छ। बजारको पेट्रोल पम्पमा बम राखिएको खबरले स्थानीय व्यापारी त्रसित भएको स्थानीयवासी राजन जैसवालले बताए। रासस

प्रकाशित: १५ फाल्गुन २०७३ १०:२० आइतबार

सेनाले निस्क्रिय पार्‍यो सुतली बम