समाज

धुलिखेल र पनौती क्याम्पसमा स्ववियु चुनावकाे उम्मेद्वारी दर्ता स्थगित

बनेपा– धुलिखेल क्याम्पस र पनौती इन्द्रेश्वर क्याम्पसमा शनिबार मतदानका लागि स्ववियुको उम्मेदवारी दर्ता स्थगन भएको छ।

विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएपछि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र काँगे्रस निकट नेपाल विद्यार्थी सङ्घले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता स्थगित भएको धुलिखेल क्याम्पस स्ववियु निर्वाचन आयुक्त दीपक गौतमले जानकारी दिए।  
पनौतीस्थित इन्द्रेश्वर क्याम्पसमा पनि विद्यार्थी भर्नाको विषयलाई लिएर उम्मेदवारी दर्ता स्थगित भएको छ । यस्तै काभ्रेपलान्चोकका त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त अन्य चौधवटा विभिन्न क्याम्पसमा उम्मेदवारी दर्ता भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । 

हरेक दुई वर्षमा हुने स्ववियु निर्वाचन यसपटक आठ वर्षमा हुदँैछ । यसपटक स्ववियु निर्वाचनकै इतिहासमा २८ वर्षको उमेर हद र मिश्रीत चुनाव प्रणाली अवलम्बन गरिने बताइएको छ । रासस 

प्रकाशित: १४ फाल्गुन २०७३ ०९:३२ शनिबार

धुलिखेल पनौती क्याम्पसमा स्ववियु चुनावकाे उम्मेद्वारी दर्ता स्थगित