समाज

तमोर नदीमा एक व्यक्तिको शव फेला

खगेन्द्र अधिकारी

ताप्लेजु– ताप्लेजुङ खेजेनिम गाविसका कुलबहादुर लिम्बू तमोर नदीमा मृत फेला परेका छन् ।  बिहीबार सदरमुकामदेखि सिँवाका लागि छुटेको जिपमा घर जाँदै गरेका लिम्बू हाङ्देवा गाविसमा पुग्दा ओर्लिएर बेपत्ता भएका थिए। लिम्बू बेपत्ता भएको एक दिनपछि शुक्रबार दिउँसो स्थानीयले हाङ्देवा कटहरेस्थित तमोर नदीमा सब तैरिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय विरेन्द्र कार्कीले बताए।  

शुक्रबार राति जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको टोली र स्थानीयको प्रयासमा राति करिब १ बजे शव नदीबाट बाहिर निकाली पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ। मृतक लिम्बू सिक्किममा बस्दै आएका र छोरीको नागरकिता बनाउन जन्मघर आएको समयमा जिपबाट ओर्लिएर बेपत्ता भएका थिए। घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। 

 

 

प्रकाशित: १४ फाल्गुन २०७३ ०७:२७ शनिबार

तमोर नदीमा व्यक्तिको शव फेला