समाज

नारायणघाटमा भ्रष्टाचारविरुद्ध प्रर्दशन

चितवनमा भ्रष्टाचारको विरोधमा सडकमा प्रर्दशन गरिएको छ। भ्रष्टाचार विरुद्ध जागरण अभियानले बालकुमारी कन्या माध्यमिक विद्यालय चोकमा प्रर्दशन गरिएको हो। भ्रष्टाचार विरुद्धका नारा लेखिएका प्लेकार्ड बोकेका नागरिकले बाजासहित प्रर्दशन गरेका थिए।  

उनीहरुले सरकारलाई खुट्टा नकमाई भ्रष्टाचारीलाई कारबाही गर्न अनुरोध गरेका थिए। अभियानका संयोजक अमरदेव प्रधानले खुट्टा नकमालाई अनुसन्धानमा लाग्न सरकारलाई अनुरोध गरे। कार्यक्रममा नागरिकले सरकार खुट्टा नकमाऊ, भ्रष्टाचारीलाई च्याप्प समाऊ, भ्रष्टाचारीहरूको सम्पत्ति जफत गर, सरकार ! हिम्मतका लागि आभार, खुट्टा कमाए खबरदार, भ्रष्टाचारीका दस हात, हाम्रो कर मिलेर लुटन बन्द गर,जनताको खबरदारी नउम्किऊन् भ्रष्टाचारी, भ्रष्टाचारी चाहिँदैन, देश लुट्न पाईंदैन, भ्रष्टाचारीको भर हुन्न जहाँ बसे नि देश हुन्न लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए। उनीहरु सडकमा स्वत स्र्फुत आएका थिए। 

 

प्रकाशित: २९ वैशाख २०८० ०५:२७ शुक्रबार

नारायणघाटमा भ्रष्टाचारविरुद्ध प्रर्दशन