समाज

बाघको आक्रमणबाट केरा किसानको निधन

चितवन- बाघले आक्रमण गर्दा चितवनमा एकजना निधन भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयले गराएको जानकारी अनुसार चित्रवन नगरपालिकाको वडा नं १४ भगेडीको केराघारी भित्र बुधबार साँझ सवा पाँच बजे बाघले भीम चापागाईलाई आक्रमण गरेको थियो। पदमपुरका चापागाई केराखेती गर्न भगडीमा बस्दै आएका थिए।

बाघबाट आक्रमण भएको खबर सुनेपछि खोजीमा गएको इलाका प्रहरी कार्यालय दिब्यनगरको टोलीले केराघारीभन्दा दुई सय मिटर पर चापागाईको शव फेला पारेको चितवन प्रहरीले जनाएको छ।

भगडी गाउँ चितवन निकुञ्जसँग नजिकै छ। निकुञ्ज आसपासको क्षेत्रमा बाघ, गैंडा, हात्तीलगायतका वन्यजन्तुले आक्रमण गर्दा वर्षमा पाँचदेखि २५ जनासम्मको ज्यान जाने गरेको निकुञ्ज कार्यालयको तथ्याङ्क छ।

प्रकाशित: १२ फाल्गुन २०७३ ०७:४७ बिहीबार

बाघको आक्रमणबाट केरा किसानको निधन