समाज

चोरीको मोटरसाइकलसहित दुई पक्राउ

मेलम्ची– चोरीको मोटरसाइकलसहित प्रहरीले दुईजनालाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक गुन्सा–२ का कृष्ण थिङ र भोटेनाम्लाङ गाविस–४ का दावा तामाङ रहेका छन्।

प्रहरीको नियमित जाँचका क्रममा मेलम्ची नगरपालिका–८ स्थित बाहुनेपाटी बजारबाट ना४४प १२२५ नंको नक्कली नम्बरप्लेट राखिएको बा७६प २२६ नंको पल्सर मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कर्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए।

अनुसन्धानका क्रममा उक्त नम्बरको मोटरसाइकल सिप्रदि अर्थमभर्स कम्पनीको नाममा रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको छ। रासस

प्रकाशित: १० फाल्गुन २०७३ १४:०२ मंगलबार

चोरीको मोटरसाइकलसहित दुई पक्राउ