समाज

इनरुवामा मसाल जुलुस प्रदर्शन

इटहरी– सरकारले संविधान संशोधनलाई थाति राख्दै स्थानीय निकाय निर्वाचनको मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सुनसरीको सदरमुकाम इनरुवामा मङगलबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ ।

मन्त्री परिषद्को सोमबार साँझ बसेको बैठकले आगामी वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको विरोधमा मोर्चाले जुलुस प्रदर्शन गरेको हो। मोर्चाका कार्यकर्ताले इनरुवामा मसाल जुलुससँगै सरकारी घोषणाको विरोधमा नाराबाजी गरे।  

इनरुवा–७ जिल्ला विकास समिति नजिक रहेको सद्भावना पार्टी कार्यालयबाट निस्केको  जुलुसले बजार परिक्रमा गरी लोकतान्त्रिक चोकमा कोणसभामा परिणत भएको थियो ।

प्रकाशित: १० फाल्गुन २०७३ १३:१६ मंगलबार

इनरुवामा मसाल जुलुस प्रदर्शन