समाज

डलरको बन्डल खोल्दा कागज !

धादिङ- डलर साट्न बोलाई भुमेस्थान–६ सिम्ले स्थित पृथ्वीराजमार्गमा सुनसरी धरान उपमहानगरपालीका–१६ बस्ने ४८ बर्षीय राजेन्द्र लिम्बुको साथबाट १२ लाख रुपैयाँ ठगी भएको छ।

      सोमबार धादिङ घर बताउने अन्दाजी २५ बर्षीय पासाङ लामा नाम बताउने व्यक्तिले उनलाई डलर साट्न बोलाई २३ हजार डलरको पोका दिई नेपाली रुपैयाँ १२ लाख लिई गएको र डलरको पोका खोली हेर्दा कागज मात्र रहेको थियो।

      फरार रहेका लामालाई खोजी गर्नुका साथै यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित: १० फाल्गुन २०७३ ०७:१२ मंगलबार

डलरको बन्डल खोल्दा कागज