समाज

नेपाल टेलिभिजनको महाप्रबन्धकमा रोका नियुक्त

काठमाडौं—सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा गोविन्द रोकालाई चार वर्षका लागि नियुक्त गरेको छ।  मन्त्रिपरिषद्को बैठकले रोकालाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री राम कार्कीले जानकारी दिए।

माओवादीले सञ्चालन गरेको जनयुद्धमा युद्ध पत्रकारको भूमिका निर्वाह गरेका रोका शान्ति प्रक्रिया सुरु भएपछि नेपाल एफएममा समाचार प्रमुख भएर काम गरेका थिए।

वि.सं २०५४ सालदेखि विभिन्न सञ्चार माध्यममा सम्बाददाताको रुपमा काम गरेका उनले २०६३ सालमा रेडियो नेपालको समाचारमूलक कार्यक्रम घटना र विचारको संयोजक भएर काम गरेका थिए।

मैत्री एफएममा प्रबन्ध निर्देशकको रुपमा काम गरिसकेका उनी २०५७ देखि हालसम्म रेडियो रानी भेरी एफमको अध्यक्ष हुन्। प्रदेश एफम एम सुर्खेतको अध्यक्ष, एबिसी टेलिभिजनमा समाचार सम्पादकको रुपमा काम गरेको अनुभव उनीसँग छ।

प्रसारण पत्रकारितामा स्तातकोत्तर उत्र्तीण रोका सञ्चार क्षेत्रमा स्थापित व्यक्तित्व हुनुहुन्छ । रासस

प्रकाशित: १० फाल्गुन २०७३ ०४:२८ मंगलबार

नेपाल टेलिभिजनको महाप्रबन्धकमा रोका