वीरगन्ज- वीरगन्ज उपमहानगरपालिकाले डोजर लगाएर घण्टाघर नजिकको तरकारी बजार भत्काइदिएको छ। आज बिहान करिब ४ बजे झिसमिसेमै डोजरले प्रस्तावित बिपी उद्यानको जग्गामा बसाइएको मिना बजारका टहराहरु भत्काएको हो।
बजारभित्रका टहरा भत्काएपछि वीरगन्जका तरकारी ब्यवसायी विरोधमा उत्रिएका छन्। उनीहरुले बजार ब्यवस्थापनका लागि १२ घण्टे अल्टिमेटमसमेत दिएका छन्। साबिक मिना बजारमा रहेका ब्यवसायीहरुलाई त्यहाँ नयाँ संरचना बनाउनका लागि २०६७ पुसमा हटाइएको थियो। आफूहरुलाई उपमाहानगरपालिकाले बिस्थापित गरेको भन्दै त्यतिबेला उनीहरुले गरेको आन्दोलन टुंग्याउन २०६७ पुस ९ मा उपमाहानगरपालिका कार्यालय, जिल्ला प्रसाशन कार्यालय र 'वीरगन्ज तरकारी तथा फलफुल ब्यवसायी संघ' तथा 'माछामासु ब्यवसायी संघ'बीच सहमति भएको थियो। सोही सहमतिअनुसार बिपी उद्यानको जग्गामा बसाइएको मिना बजार उपमाहानगरपालिकाले भत्काइदिएको हो।
प्रकाशित: ८ फाल्गुन २०७३ ०५:१६ आइतबार