समाज

बन्दुकसहित एक पक्राउ

तनहुँ– प्रहरीले भरुवा बन्दुकसहति एक जनालाई पक्राउ गरेको छ।

शुक्ला गण्डकी नगरपालिका–१६ सिम्ले बस्ने ५३ वर्षीय चेतबहादुर भुजेललाई शिशाको छर्रा लोड गरेको भरुवा बन्दुकसहित प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ।

उनलाई सोही स्थानस्थित सामुदायिक जंगलतर्फ भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ६ फाल्गुन २०७३ ०९:२७ शुक्रबार

बन्दुकसहित पक्राउ