समाज

डडेल्धुरामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते

डोटी- डडेल्धुरामा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भागेश्वरबाट सदरमुकामतर्फ आइरहेको उग्रतारा यातायातको से१ज ८३३ नम्बरको जीप अमरगढी नगरपालिका–३ ठुलोखोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो। करिब पौने १२ बजे जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनापछि प्रहरी तथा स्थानीयहरु मिलेर घटनास्थलमा उद्धार कार्यमा जुटिरहेका छन्। घाइतेहरुलाई उपचारका लागि उप क्षेत्रीय अस्पतालमा पुर्‍याइएको छ। मृतकहरुको अझै सनाखत भैसकेको छैन। उद्धार कार्य जारी रहेकाले सनाखत भैनसकेको डडेल्धुरा प्रहरी प्रमूख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

प्रकाशित: ४ फाल्गुन २०७३ ०७:४६ बुधबार

डडेल्धुरामा जीप दुर्घटना हुँदा जनाको मृत्यु घाइते