समाज

रूखको हाँगा खसेर एक जनाको मृत्यु

रुखको हाँगा खसेर कञ्चनपुरका आज एक जनाको मृत्यु भएको छ। सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो। 

गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो।उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पु¥याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको उनले  बताए । हाँगा लागेर डगौराको टाउकोमा चोट लागेको थियो । घटनापछि इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ।अहिले नै मृत्युको कारणबारे भन्न सकिने अवस्था छैन’, प्रवक्ता डाँगीले भने । शव महाकाली अस्पतालमा राखिएको छ।  

प्रकाशित: २३ वैशाख २०८० ११:२४ शनिबार

रूखको हाँगा खसेर एक जनाको मृत्यु कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका