समाज

गोतामे पत्रकारिता पुरस्कार पाल्पाका शर्मालाई

गोतामे पत्रकारिता पुरस्कार शर्मालाई प्रदान गरिँदै । तस्बिरः रितेश त्रिपाठी

वीरगन्ज– यो वर्षको गोपालचन्द्र गोतामे पत्रकारिता पुरस्कार पाल्पाका अग्रज पत्रकार मेघराज शर्मालाई प्रदान गरिएको छ। वीरगन्जस्थित गोपालचन्द्र गौतम प्रतिष्ठानले निर्णय गरेअनुसार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा छैठौं पुरस्कार समाहरोबिच सांसद् अनिल रुङगटाले पुरस्कार प्रदान गरे।

आधा तोला सुनको मेडलसहित प्रमाणपत्र, मालालगाएर शर्मालाई पुरस्कृत गरियो। समारोहका प्रमुख अतिथि रुङगटाले पत्रकारिताले राज्य र समाजलाई दिशा देखाउने महत्वपूर्ण भुमिका निर्वाह गर्ने गरेको बताए। उनल गोतामे पत्रकारिता पुरस्कारलाई जीवन्त राख्न प्रतिष्ठानको अक्षयकोषमा आप्mनो तर्पmबाट योगदान गर्ने प्रतिबद्धता गरे। वीरगंजलाई कर्मक्षेत्र बनाई पत्रकारितामार्फत देशभरीमा पहिचान बनाउन सफल स्वर्गीय गोपालचन्द्र गौतमको सम्झनामा स्थापित पुरस्कारलाई निरन्तरता दिंदै आएकोमा प्रतिष्ठानको प्रशंसासमेत गरे ।
    
पुरस्कार समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले वीरगन्जको पत्रकारिताबाट गोपालचन्द्र गौतमले निष्ठावान र मर्यादित पत्रकारिताको शुरुआत गरेको हु“दा यसको अनुसरण स्थानीय पत्रकारले गरिरह्नु पर्ने बताए । मूल्यनिष्ठ पत्रकारिताबाट मात्र सबै क्षेत्रको विकास सम्भव हुने उनको भनाइ थियो । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले विकासका मुद्दाहरुमा पत्रकारले अहिले कलम चलाउन आवश्यक रहेको बताउदै यसको लागि आग्रह गरे।
    
प्रतिष्ठानका अध्यक्ष अग्रज पत्रकार जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार चन्द्रकिशोरले नेपाली पत्रकारतामा स्वर्गीय गिरीको योगदानको चर्चा गर्दै मोफसलमा बसी राष्ट्रिय तहमा दखल राख्ने ओजस्वी र कर्मशील पत्रकारको रुपमा गोतामेलाई स्मरण गरे।

 

प्रकाशित: ३ फाल्गुन २०७३ १०:५६ मंगलबार

गोतामे पत्रकारिता पुरस्कार पाल्पाका शर्मालाई