समाज

यी चारवटा प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका अधिकांश भू–भागमा आज बिहान मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो भने केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।  

महाशाखाका अनुसार आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित: २३ वैशाख २०८० ०१:०६ शनिबार

अपराह्नतिर हल्का वर्षाको सम्भावना पश्चिमी वायुको आंशिक प्रभाव मौसम सामान्यतया सफा