समाज

उपन्यायाधिवक्ता घिमिरे अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका उपन्यायाधिवक्ता (उपसचिव) प्रकाश घिमिरेलाई घूस रकम लिइरहेको अवस्थामा आइतबार नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको टोलीले २० हजार रुपैयाँ घूस रकम लिँदै गर्दाको अवस्थामा नियन्त्रणमा लिएको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए।

घिमिरेले फरार रहेको अवस्थामा ज्यान मुद्दाका प्रतिवादीमार्फत मृतकको साथबाट प्राप्त गरेको आइफोन खरिदमा संलग्न रूपेश श्रेष्ठको मुद्दा फितलो बनाई अदालतमा पेस गर्ने प्रयोजनका निम्ति प्रतिवादीका आफन्तसँग घूस मागेका थिए। अख्तियारको टोलीले काठमाडौं–३५, सुविधामार्गस्थित ताज बैंक्वेटअगाडिबाट उनलाई नियन्त्रणमा लिएको थियो।

आयोगले घिमिरेमाथि थप अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित: ३ फाल्गुन २०७३ ०२:५० मंगलबार

उपन्यायाधिवक्ता घिमिरे अख्तियारको नियन्त्रणमा