समाज

त्रिवि रेक्टर त्रिपाठी चढेको गाडी आगजनी

अागजनी गरिएको गाडी। तस्विर सौजन्यः राजीवधर जोशी/फेसबुक

काठमाडौं—त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष सुधा त्रिपाठी चढेको गाडीमा आइतबार आगजनी भएको छ। उनी चडेको बा २ च ५६६० नम्बरको मारुति सुजुकी गाडी ललितपुरको युएन पार्क नजिकै एक समूहले आगजनी गरेको हो।

‘गाडी रोकेर ढोका खोल्यो। बाहिर निस्कनुस् भन्यो। पाखुरा समातेर तान्यो। ड्राइभरलाई पनि बाहिर निकाले। अनि आगोलगाइदिए', उनले भनिन्।

गाडीभित्र रहेकी शिक्षाध्यक्षलाई ओरालेर आगजनी गरिएको प्रहरीले जनाएको छ।

उनी स्ववियु निर्वाचन समितिको संयोजक हुन्। फागुन १४ मा स्ववियु निर्वाचन घोषणा गरिएको छ। त्यही विषयमा आक्रोसित युवाले गाडी आगजनी गरेको हुनसक्ने प्रहरी अनुमान छ।

‘गाडी रोकेर ढोका खोल्यो। बाहिर निस्कनुस् भन्यो। पाखुरा समातेर तान्यो। ड्राइभरलाई पनि बाहिर निकाले। अनि आगोलगाइदिए', उनले भनिन्।

आगजनी गर्न युवा दुई जना रहेको प्रत्यक्षदर्शीले बताएका छन्। ललितपुर प्रहरीका डिएसपी ईश्वरराज कार्कीले सम्भावित हुलियाका आधारमा घटनाका दोषीको खोजी थालेको बताए।

प्रकाशित: २ फाल्गुन २०७३ ०६:१० सोमबार

त्रिवि रेक्टर त्रिपाठी चढेको गाडी आगजनी