समाज

पेस्तोल र ३ राउन्ड गोली सहित मियाँ पक्राउ

राजविराज—ज्यान मार्ने उद्योग मुद्दामा फरार एक व्यक्तिलाई प्रहरीले आज हतियारसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिका–७ गोबरगाढा निवासी ३८ वर्षीय जसमुल भनिने नसरुल मियाँ रहेको प्रहरीले जनाएको छ।

गोप्य सूचनाका आधारमा इप्रका, हनुमाननगरबाट खटिएको प्रहरीको टोलीले कोसी पलारमा लुकी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए।

पक्राउ परेका मियाँका साथबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने तीन राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका मियाँलाई अनुसन्धानका लागि जिप्रका, सप्तरीमा राखिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिएका छन्। रासस

 

प्रकाशित: १ फाल्गुन २०७३ ११:०९ आइतबार

पेस्तोल राउन्ड गोली सहित मियाँ पक्राउ