समाज

हुलबाट छुटेको हात्तीको छावाको झापामा उद्धार

झापाको उत्तर पुर्वी क्षेत्र बाहुनडाँगीबाट हुलबाट छुटेको हात्तीको छावाको उद्धार गरिएको छ।

मेचीनगर नगरपालिका वडा नम्बर ४ मिलनचोकबाट छावाको उद्धार गरिएको वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए।

गएराती सोहि क्षेत्रमा २० वटा भन्दा बढी हात्ती आएका थिए। त्यो हुलसँग आहारको खोजीमा आएको १९:२० दिनको छावा हुलबाट छुटेर स्थानीय मिलनचोकमा अलपत्र परेको थियो।

छावालाई स्थानीयले भेटेर उद्धार गरी ट्याक्टरमा लोड गरेर समूहमै पठाइएको वडाध्यक्ष कार्कीले जानकारी दिए।

मानव–हात्ती सह अस्तित्वका अभियन्ता शंकर लुइँटेलका अनुसार भारतको वन विभागलाई बुझाइएको घाइते हात्तीको उपचार भइरहेको छ।

हुलबाट छुटेपछि एक्लिएको छावा आफैं लडेर घाइते भएको देखिन्छ। ‘यसपटक स्थानीयले छावामाथि कुनै आक्रमण गरेको पाइएन,’ लुइँटेलले भने,  ‘बरु सकुशल उद्धार गरेर भारततिर पठाउने काम भयो।’

प्रकाशित: २१ वैशाख २०८० ०७:४५ बिहीबार

हात्तीको छावा