समाज

काठ काट्ने आरालाई च्युँडोले अड्याएर १५ औं विश्व रेकर्डमा दावी

इटहरी– अनौठो काम गरेर विभिन्न १४ वटा विधामा विश्व रेकर्ड कायम गरिसकेका सुनसरीका युवा थानेश्वर गुरागाईंले विश्व रेकर्डका लागि दाबी प्रस्तुत गरेका छन्। २६ वर्षीय उनले काठ काट्ने चेन मेसिनलाई आफ्नो चिउँडोले लामो समयसम्म अड्याएर १५ औं नयाँ विश्व रेकर्डका लागि दाबी प्रस्तुत गरेका हुन्।

शुक्रबार इटहरीको विश्व आर्दश कलेजमा लियो क्लब सुनसरीले संयोजन गरेको कार्यक्रममा उनले चेन मेसिनलाई चिउँडाले ५ मिनेट ७ दशमलव ७७ सेकेण्डसम्म आकाशमा ठ्याएका थिए। उनको दावीअनुसार विश्वमा सो ७ केजी तौल भएको चेन मेसिन एक मिनेटसम्म मात्र अड्याएर विश्व रेकर्ड कायम गरिएको छ।

गुरागाईंले गिनिज बुक अफ वल्र्ड रेकर्डमा दावी प्रस्तुत गर्नका लागि आयोजित कार्यक्रममा इटहरीका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई साक्षीको रुपमा राखिएको थियो।

उनले यसअघि टेनिस बललाई लामो समय औलामा घुमाउने, बास्केट बललाई १ मिनेटमा  धेरै पटक बाउन्स, कुर्सीलाई दाँतमा अड्याउनेलगायतका विश्व रेकर्ड कायम गरिसकेका छन्। 

प्रकाशित: २८ माघ २०७३ १२:५८ शुक्रबार

काठ काट्ने आरालाई च्युँडोले अड्याएर १५ औं विश्व रेकर्डमा दावी