समाज

साँगा महादेव मन्दिरबाट नागमूर्ति र चाँदीको मुकुट चोरी

भक्तपुर– भक्तपुरकाे सूर्यविनायक नगरपालिका १३ साँगास्थित महादेव मन्दिरमा बिहीबार चोरी भएको छ ।

मेनगेटको चावी फुटाई मन्दिरमा रहेको चाँदीको नागको मूर्ति र नागमाथि लगाएको चाँदीको मुकुटसहित अन्दाजी ४ किलो चाँदी चोरी भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

अन्दाजी पाँच लाख बराबरको चोरी भएको परिसरका प्रवक्ता कृष्ण प्रसाईले जनाए।

घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान कार्य गरिएको उनले बताए।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।
 

प्रकाशित: २७ माघ २०७३ १२:४८ बिहीबार

साँगा महादेव मन्दिरबाट नागमूर्ति चाँदीको मुकुट चोरी