समाज

बसिला प्रहार गरी श्रीमतीको हत्या

मोरङ– मोरङ सिजुवा–६ मुसहर बस्तीका एक युवाले बसिला प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।  

२६ वर्षीय उदय सुतिहारले मादक पदार्थ सेवन गरी श्रीमती २५ वर्षीया शान्ता सुतियारलाई घाइते बनाएका थिए । गम्भीर घाइते शान्ताको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

उदय सुतिहारलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित: २६ माघ २०७३ ११:५२ बुधबार

बसिला प्रहार गरी श्रीमतीको हत्या