समाज

ट्याङ्करले ठक्कर दिँदा किशोरीको घटनास्थलमै मृत्यु

रत्ननगर (चितवन)—पूर्वी चितवनको खैरहनीस्थित चैनपुरमा तेल बोक्ने ट्याकरको ठक्करबाट बुधबार एक किशोरीको मृत्यु भएको छ। 

भरतपुरबाट हेटौँडातर्फ जाँदै गरेको ना २ ख ५७१४ नम्बरको तेल बोक्ने ट्याकरले विपरीत दिशाबाट आउँदै गरेको ना ४२ प ४८८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा किशोरीको मृत्यु भएको हो। 

खैरहनी नगरपालिका–२ स्थित राजमार्गमा बिहान–९ बजे भएको उक्त दुर्घटनामा परी मोटरसाइकलको पछाडि बसेकी १७ वर्षकी सविना पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

उनको घटनास्थलमै ज्यान गएको हो। मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन्। दुर्घटनापछि ट्याकर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २६ माघ २०७३ ०७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App