समाज

गणेशखोला पुल भासिएपछि पृथ्वी राजमार्ग अवरूद्ध

धार्केको पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवतजावत ठप्प बनेको छ। धादिङको धार्के बजार नजिकैको गणेशखोला पुल भासिएको हो।

पुलको एकपाट्टीको भाग भासिएर भ्वाङ परेको छ। पुल भासिएपछि दिउसो ४ बजेबाट सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायम उपरिक्षक शन्तुलाल प्रसाद जैरवारले बताए।

पृथ्वीराजमार्ग हुँदै पुर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौं भित्रीने र बाहिरिने यो नै एकमात्र राजमार्ग हो।

धुनिवेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने पुल भएको स्थान दुबै भागमा घरहरु भएकोले वैकल्पिक बाटो निकाल्न पनि समस्या भएको जैरवारले बताए।

पुलमा सवारी आवागमन गराउन नसक्ने अवस्था भएपछि पृथ्वी राजमार्गहुँदै काठमाडौं भित्रले र बाहिरिनेहरुलाई बैकल्पिक बाटो खोजेर प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

प्रकाशित: १८ वैशाख २०८० १२:०८ सोमबार

पृथ्वीराजमार्ग गणेशखोला पुल