समाज

अाफ्नै काकीद्वारा तीन वर्षीय भतिजको घाँटी थिचेर हत्या

राजविराज—सप्तरीको पातो– ७ मा आफ्नै तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिलालाई प्रहरीले आज पक्राउ गरेको छ। 

धर्मदेव मण्डलका तीन वर्षीय छोरा रामअवतार मण्डलको हत्या उनकै काकी उर्मिलादेवी मण्डलले घरायसी विवादका कारण आक्रोशमा आएर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पक्राउपर्नेमा स्थानीय २५ वर्षीया उर्मिलादेवी मण्डल रहेकी छिन्। धर्मदेव मण्डलका तीन वर्षीय छोरा रामअवतार मण्डलको हत्या उनकै काकी उर्मिलादेवी मण्डलले घरायसी विवादका कारण आक्रोशमा आएर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

साडीको कपडामा पोको पारी सेतो प्लास्टिकको बोरामा घर पछाडि रहेको मलघारीमा लुकाइएको अवस्थामा आइतबार साँझ उनको शव प्रहरीले फेला पारेको थियो। 

तीन दिनअघि मृतक रामअवतारका आमा र काकी उर्मिलादेवीबीच घरायसी वादविवाद भएको थियो र सो क्रममा उर्मिलाले मृतककी आमालाई तेरो छोरा मारिदिन्छु भनेर धम्की दिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए। 

पक्राउ परेकी महिलालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत राजविराजबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिए। रासस 

प्रकाशित: २५ माघ २०७३ ०७:१२ मंगलबार

अाफ्नै काकीद्वारा वर्षीय भतिजको घाँटी थिचेर हत्या