समाज

दुई उच्च अदालतमा न्यायाधीश नियुक्त

काठमाडौं- न्याय परिषद् वैठकले रिक्त रहेका मुख्य न्यायाधीश नियुक्ति गरी पदस्थापनका लागि सिफारिस गरेको छ। परिषद्को सोमबारको बैठकले जनकपुर र पोखरा उच्च अदालतका लागि मुख्य न्यायाधीश नियुक्त गरेको हो।

जनकपुर उच्च अदालतका लागि कमल चुडाल र पोखरा उच्च अदालतका लागि कुलरत्न भुर्तेल मुख्य न्यायाधीशमा नियुक्त गरी पदस्थापन गरिएको परिषद्ले जनाएको छ।

चुडाल यस अघि उच्च अदालत जनकपुर राजविराज इजलासमा न्यायाधीश थिए। भूर्तेल उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा न्यायाधीश थिए।

प्रकाशित: २५ माघ २०७३ ०२:४४ मंगलबार

दुई अदालतमा न्यायाधीश