समाज

आज देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। त्यसैले असरले देशभरका केही स्थानमा वर्षाको समभावना रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशै भरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका एक-दुई स्थानमा हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

अहिले बिहान देशभर आँशिक देखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।  

प्रकाशित: १८ वैशाख २०८० ०१:२२ सोमबार

हल्कादेखि मध्यम वर्षाको सम्भावना