समाज

हत्यामा संलग्न दुई सार्वजनिक

बागलुङ—जिल्लाको कुश्मीसेरा–५ का ४५ वर्षीय कृष्णबहादुर थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षीय भीमबहादुर थापामगर र २५ वर्षीय विष्णु थापामगर छन्। 

आरोपित दुवैले घटनामा आफूहरुको संलग्नता स्वीकारेको बागलुङका प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए। 

गत बुधबार राति कुश्मीसेरा–८ तिनहरेमा मृतक थापाको शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो। मादकपदार्थ सेवनपछि भएको झगडामा लाठी प्रहारबाट थापाको मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको छ।

आरोपित दुवैले घटनामा आफूहरुको संलग्नता स्वीकारेको बागलुङका प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए। 

होटलमा मादकपदार्थ सेवन गरेका विष्णु, होटल सञ्चालक भीमबहादुर र मृतक कृष्णबहादुर बीचको झगडा हात हालहालको अवस्थामा पुगेको थियो। भाइ पर्ने विष्णुको पक्ष लिई भीमबहादुरलाई कुटपिट गरेका कृष्णबहादुरलाई पछि भीमबहादुरले टाउकामा लाठी प्रहार गरेको प्रहरीले जनाएको छ। 
आरोपित दुवैलाई थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले सात दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ। रासस 

 

प्रकाशित: २४ माघ २०७३ ०५:४७ सोमबार

हत्यामा संलग्न दुई सार्वजनिक