समाज

कार दुर्घटनाबाट २ को मृत्यु १ घाइते

बिपी राजमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन्। काठमाण्डौबाट सिन्धुलीतर्फ आउदै गरेको बा ८ च ९१३५ नम्बरको कार दुर्घट्ना हुँदा दुई जनाको दुर्घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरन्जिवी दाहालको अनुसार विपी राजमार्गको सिन्धुली खुर्कोट सडकखण्ड अन्र्तगत कमलामाई नगरपालिका २ पिपल भन्जयाङ नजिकै आइतबार बिहानै कार दुर्घट्ना हुँदा कार चालक झापा जिल्ला चारपाने ४३ बर्षिय कुमार पुरी र सिन्धुलीको कपिलाकोट घर भएका काठमाण्डौ महानगरपालिका स्थित गौरीघाट बस्ने ३८ बर्षिय साहारा प्रसाईको दुर्घटनास्थलमै मृत्यु भएको हो।

यस्तै दुर्घटनामा परि प्यूठान जिल्लाको प्युठान नगरपालिका ८ बस्ने करिब ३३ बर्षिय योगेन्द्र थापा घाइते भएका छन्। घाइतेलाई उपचारका लागि काठमाण्डौ पठाइएको छ। रातो ग्रेटवाल कार आफै अनियन्त्रितभई सडकबाट बाया साइड करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ।  

प्रकाशित: १७ वैशाख २०८० ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App