समाज

दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

सिन्धुलीमा आज बिहान भएको कार दुर्घटनामा दुईको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। कमलामाई नगरपालिका-३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि विपी राजमार्गमा कार दुर्घटना भएको हो।

काठमाडौंबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नंको रातो ग्रेटवाल कार दुर्घटनामा परी कार चालक झापा चारपाने बस्ने ४३ वर्षीय कुमार पुरी र साविक सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौं महानगरपालिका गौरीघाट बस्ने ३८ वर्षीया सहारा प्रसाईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए।

उनको अनुसार गम्भीर घाइते प्यूठानको प्यूठान नगरपालिका-८ का ३३ वर्षीय योगेन्द्र थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। कार अनियन्त्रित भई सडकबाट बायाँतर्फ २० मिटर तल भिरमा खसेको थियो।  

प्रकाशित: १७ वैशाख २०८० ०६:३२ आइतबार

विपी राजमार्गमा कार दुर्घटना गम्भीर घाइते