समाज

अस्पतालबाट चोरीएको नवजात शिशु तीन दिनपछि भेटियो

नारायणी अस्पतालको एनआइसियु अगाडी अमाको काखमा बच्चा, अस्पतालका स्वास्थ्यकर्मी र प्रहरी। तस्बिर: रितेश त्रिपाठी

वीरगन्ज-  वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो २ बजे हराएको नवजात शिशु पर्साको बेल्वामा भेटिएको छ। बजार टोल छप्कैया –१ वीरगन्जका मुकेश पासवान की श्रीमति आशा देवीले शुक्रवार बिहान ११ बजेर ४० मा जन्माएको बच्चा अस्पतालको प्रसुति वार्डबाट केही बेरमै चोरी भएको थियो। घटनापछि आक्रोशित परिवारजन र स्थानीयले बच्चा खोज्न दबाव दिँदै शनिवार नारायणी उपक्षेत्री अस्पताल अगाडी टायर बालेर प्रदर्शन सुरु गरेपछि ३ दिनभित्र बच्चा खोज्ने प्रहरीले बताएको थियो।  

आइतवार बिहान पर्साको बेल्वा –९ मा बच्चा रहेको सूचना पाएपछि गएका प्रहरी उपरीक्षक गोविन्द साहले मिलनचोकमा घर भएका विन्देश्वर साहको घरबाट फेला पारेका थिए। विन्देश्वर साहकी छोरी लालसा देवीले अस्पतालबाट बच्चा चोरी गरेको प्रहरीले जनाएको छ। शिशुलाई प्रहरीले आमा र परिवारको जिम्मा लगाएको छ। अस्पतालको एनआइसियु (बाल सघन उपचारकक्ष)मा राखिएको छ। जन्मदै स्वास्थ्य कमजोर रहेको शिशु २ दिन चिकित्सकीय रेखदेखभन्दा बाहिर रहेकोले तुरुन्तै ‘एनआइसियु’ भर्ति गर्नु परेको चिकित्सकहरुले बताए। ‘बच्चा सकुशल परिवारको जिम्मा लगगाइएको छ, हामीले अरु कुरा पछि मात्र जानककारी गराउछौं,’ प्रहरी नायब उपरीक्षक चक्रराज जोशोले भने। ‘हामीले आशा गुमाएका थियौं, अहिले बच्चा फिर्ता आएपछि धेरै खुसी छौं,’ शिशुका पिता मुकेश पासवानले भने।

 

 

प्रकाशित: २३ माघ २०७३ ०९:३५ आइतबार

अस्पतालबाट चोरीएको नवजात शिशु दिनपछि भेटियो