समाज

नागरिककर्मी बमलाई धम्की

डोटी- सेक्टर बन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले नागरिककर्मी अरुण बमलाई कलम र ढाँड ‘भाँच्ने’ धम्की दिएका छन्। जोरायल क्षेत्रमा भैरहेको वन फँडानीको बिषयमा समाचार लेखेको सन्दर्भलाई लिएर नागरिक दैनिकका डोटी संवाददाता अरूण बमको कलम र ढाड भाँच्ने धम्की दिएका हुन्। उनले सामाजिक संजाल फेसबुकमा स्टाटस राखेर यस्तो धम्की दिएका हुन्।

नागरिक दैनिकले अबैध जोरायल वन फँडानीको बिषयलाई लिएर पछिल्लो सातादिन यतादेखी लगातार समाचारहरु प्रकाशित गरिररहेको छ। जसमा संलग्न कर्मचारीहरुमा डिसिको नाम पनि आईरहेको छ। सोही बिषयलाई लिएर उनले यस्तो धम्की दिएका हुन्।

उनले फेसबुकमा आफु निर्दोश रहेको दाबी गर्दै धम्कीपूर्ण रुपमा लेखेका छन्,‘तिमिहरु जे सक्छौ गर, तर दोषिलाई निर्दोष र निर्दोलाई दोषि प्रमाणित गर्ने कोसिस नगर । नत्र कलम भाँचिन सक्छ, ढाँड खुस्क्याईन सक्छ ।’ यससंगै आफु रोल्पामा जन्मिएको र दाङको मानिस रहेको पनि धम्कीपूर्ण तवरबाट उल्लेख गरेका छन् । जुन आतंकित पार्ने किसिमको अभिब्यक्ति हो।

उनको यस धम्कीको बिषयमा नेपाल पत्रकार महासंघ डोटी शाखाको ध्यानाकर्षण भएको छ। डोटी शाखाले शनीबार एक बिज्ञेप्ती प्रकाशित गर्दै धम्की दिने डिसिलाई कानुनी कार्बाही गर्न माग गरेको छ। साथै उनलाई गिरफ्तार गरी कडाभन्दा कडा कार्बाही गर्न माग गरिएको छ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एबं सुदूरपश्चिम संयोजक प्रकाश बिक्रम शाहले धम्कीले आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। अहिलेको समयमा पत्रकारको कमल र ढाँड भाँच्छु भन्ने अभिब्यक्तीले पत्रकारिता आतंकित हुने भन्दा पनि झन शसक्त भएर अघि बढ्ने प्रतिक्रिया दिए।

प्रकाशित: २२ माघ २०७३ १३:४० शनिबार

नागरिककर्मी बमलाई धम्की